सम्पूर्ण स्थानीय बासिन्दा तथा सम्बन्धित सरोकारवालाहरूमा,
२०८३ भाद्र १० गते आएको भिषण बाढीको कारण यस संस्थाको बेत्रावती देखि सिमुटार सम्मको क्षेत्रमा पाइपहरू बाढीले बगाई विभिन्न स्थानमा पुर्याएको हुँदा उक्त पाइपहरू जहाँसुकै अवस्थामा भेटिए पनि कसैले पनि नझिकिदिनुहुन, नचलाइदिनुहुन तथा आफ्नो घर वा अन्यत्र नलैजानुहुन हार्दिक अनुरोध गरिन्छ।
उक्त पाइपहरू खानेपानी सेवा पुनः सञ्चालन तथा मर्मतसम्भारका लागि अत्यन्त आवश्यक भएकाले सम्बन्धित सबैले संरक्षण गरिदिनुहुन अनुरोध छ।
यदि कसैले उक्त पाइपहरू फेला पार्नुभएको छ भने नजिकको सम्बन्धित निकाय वा विदुर खानेपानी कार्यालयमा जानकारी गराई सहयोग गरिदिनुहुन समेत अनुरोध गर्दछौँ अन्यथा कसैले पनि उक्त पाइपहरू अनुमति बिना झिक्ने, लैजाने, लुकाउने वा आफ्नो निजी प्रयोजनमा प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था
विदुर, नुवाकोट
