Bidur Municipality-2, Bidur, Nuwakot, Nepal
स्वच्छ खानेपानी र सरसफाई हाम्रो प्रतिबद्धता समुदायको सहयोग, समृद्धिको आधार

New Water Connection

सेवाको प्रकृति:🚰 नयाँ धारा जडान कार्य
समितिले तोकेको निवेदन फारम साथ संलग्न हुनुपर्ने कागजातहरु:१. नागरिकताको प्रमाण पत्र
२. धारा जडान हुने जग्गाको जग्गाधनी प्रमाण पूर्झा
३. घर निर्माण सम्पन्न प्रमाण पत्र
४. वडा कार्यालयको सिफारिस५. कित्ता स्पष्ट भएको नापी नक्सा
६. सधियारको धाराको कार्डको फोटोकपी वा धाराको लगत तथा एरिया नं.
७. संयुक्त जग्गाधनी प्रमाण पुर्जा भएकोमा धारा जडान गर्नेको नाममा बाँकी हकदारहरुले वडा कार्यालयको रोहवरमा दिएको मञ्जुरीनामा
८. संयुक्त जग्गाधनी प्रमाण पुर्जा भएकोमा सबै जग्गा धनीको नागरिकताको फोटोकपी
लाग्ने शुल्क र दस्तुर:समितिको नियमानुसार
लाग्ने समयावधि: आवश्यक पर्ने कागजातहरु पेश गरेपछि ३ दिन भित्र धारा स्वीकृत हुने। धारा स्वीकृत भएको मितिले ७ दिन भित्र धारा जडान हुने
सेवा प्रदान गर्ने जिम्मेवार शाखा, फाँट र कार्यकक्ष:प्राविधिक शाखा
गुनासो सुन्ने पदाधिकारी (पद र नाम समेत):सूचना अधिकारी

द्रष्टव्य:

१. मेनलाइनबाट १०० मी. भन्दा टाढाको घरमा पानीको प्रेशरले भ्याएमा र प्राविधिक दृष्टिले धारा जडान गर्न उपयुक्त भएमा मात्र धारा वितरण गरिनेछ।

२. मौज्दातमा मिटर भएमा मात्र संस्थाले मिटर उपलब्ध गराउने छ।

३. पानी लिकेज भई बारम्बार कर्मचारीले जानकारी गराउँदा पनि लिकेज मर्मत नगराएमा कर्मचारीद्वारा प्लग लगाई धारा बन्द गरिनेछ र सो प्लग खोल्न रु १५००/- कार्यालयमा बुझाउनु पर्नेछ।

४. मिटर खोली (मिटर सिल तोडेमा) चोरेमा प्रथम पटकको लागि रु १५००/-, दोश्रो पटकको लागि रु ४०००/-, तेस्रो पटक धारा बन्द गरिनेछ र रिकनेक्सन चार्ज वापत रु ५०००/- लाग्नेछ।

५. मिटर अगाडि टि बनाई पानी दुरुपयोग गरेमा प्रथम पटकको लागि रु १५००/-, दोश्रो पटकको लागि रु ४०००/-, तेस्रो पटक धारा बन्द गरिनेछ र पानी दुरुपयोग गरेको आधारमा थप पानी महसुल लगाई रिकनेक्सन चार्ज वापत रु ५०००/- लाग्नेछ।

६. मिटर उल्टो बनाई वा कुनै किसिमले मिटर नचल्ने बनाएमा प्रथम पटकको लागि रु १५००/-, दोश्रो पटकको लागि रु ४०००/-, तेस्रो पटक धारा बन्द गरिनेछ र पानी दुरुपयोग गरेको आधारमा थप पानी महसुल लगाई रिकनेक्सन चार्ज वापत रु ५०००/- लाग्नेछ।

७. उपभोक्ता सदस्यको धारामा जडान गरिएको मिटर हराएमा, टुटफुट, बिग्रेमा वा बिगारेमा नयाँ मिटर जडानको लागि रु १५००/- मिटर शुल्क लाग्नेछ।

८. माथि उल्लेखित पानी दुरुपयोग सम्बन्धी दण्ड र जरिवाना गर्दा निजको घरमा पानी प्रयोग गर्ने परिवार, पशुपालन, उद्योग, व्यवसाय, फलफुल तथा तरकारी बाली आदिमा प्रयोग गरेको आधारमा गरिनेछ।

९. कम्प्युटर लगायतका यान्त्रिक उपकरण सञ्चालनमा विद्युत, इन्धन, सफ्टवेयर आदिको समस्याले तोकिएको समयमा सेवा प्रवाहमा असर पर्न सक्नेछ। साथै अन्य निकायबाट स्वीकृत लिनु पर्नेमा सो को ढिलाईले तोकिएको समयमा कार्य सम्पन्न नभई ढिलाई हुन सक्नेछ।

१०. संस्थाबाट उपलब्ध हुने कुनै पनि सेवाको लागि नियमानुसार तोकिए बमोजिम बाहेक छुट्टै कसैले थप रकम लिए दिए त्यो गैरकानुनी हुने हुनाले तुरुन्त संस्थामा जानकारी गराई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरिएकोछ।