आदरणीय उपभोक्ता महानुभावहरू,
अविरल वर्षाका कारण फलाखु खोला धमिलो भएकोले मुहानबाट खानेपानी सञ्चालन गर्न हामी असमर्थ रहेका छौँ। सम्पवेल र बोरिङहरूको पानी ट्याङ्कीहरूमा लगातार झार्ने प्रयास भइरहे तापनि बेलाबखत बिजुली जाने समस्या र खोलाको अत्यधिक धमिलोपनका कारण पछिल्लो दुई दिन सोचेअनुरूप खानेपानी वितरण गर्न सकिएको छैन ।
हाललाई आलोपालो (लोडसेडिङ) गरी खानेपानी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। अतः मुहानबाट ट्याङ्कीमा सफा पानी नझरुन्जेल आफ्नो क्षेत्रमा पानी आपूर्ति भएको समयमा दुरुपयोग नगरी अधिकतम सदुपयोग गरी उपभोग गरिदिनुहुन सम्पूर्ण उपभोक्ता महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।
यहाँहरूमा पर्न गएको असुविधाप्रति संस्था क्षमाप्रार्थी छ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था
विदुर, नुवाकोट
